अक्सिजन उद्योगका उपकरण ल्याउँदा भन्सार र भ्याट नलाग्ने

समाधान संवाददाता २०७८ जेठ १५ गते १६:४०

१५ जेठ, काठमाडौं
अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण ल्याउँदा भन्सार र भ्याट नलाग्ने भएको छ । यस्ता उपकरण ल्याउँदा सरकारले भन्सार भ्याट मिनाहा गरिदिने भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ ।

साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ ।

Advertisement

कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया