सेती किनारमा म्याग्दीकी महिला मृत फेला

समाधान संवाददाता २०७८ जेठ १९ गते १०:२७

तनहुँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ घर भई हाल शुक्लागण्डकी– २, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।

तनहुँको शुक्लागण्डकी– २, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

Advertisement

स्थानीयले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया