एकता युवा क्लबले प्रहरी र सरसफाइकर्मीलाई दियो स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ जेठ १९ गते २२:२०

समाधान संवाददाता, पोखरा

एकता युवा क्लब पोखरा ८ ले फ्रन्टलाइनमा काम गर्ने प्रहरी र सरसफाइकर्मीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।

आफ़नो ज्यानको प्रवाह नगरी कोरोनाविरुद् अग्रभागमा रही काम गर्दै आएका पोखरा ८, सिर्जनाचोकस्थित अस्थाई प्रहरी बिट र पोखरा महानगरपालिका अन्तर्गत रहेका वडाका सरसफाइ कर्मचारीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

Advertisement

क्लबले ३ थान मास्क, ५ थान सेनिटाइजर, २ थान थर्मोमिटर र १ कार्टुन पानी सहयोग स्वरुप प्रहरी अतिरिक्त सहायक निरीक्षक इन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेको हो।

यसका साथै पोखरा महानगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्दै हरेक दिन बाटो सरसफाई गर्ने केही महिलालाई पनि १ थान मास्क र १ थान सेनिटाइजर सहयोग गरेको छ।

Advertisement

कोरोना भाइरसलाई परास्त गर्न र सुखी नेपालीको सपना साकार पार्न हरेक टोलटोलबाट युवाहरू जाग्न आवश्यक रहेको क्लबका अध्यक्ष सुनील खड़काले बताए ।

आफूहरु सामाजिक काममा निरन्तर अग्रसर रहने क्लबका प्रथम उपाध्यक्ष ईस्वर पहारीले बताए।

श्री कालिका माई फर्माको तर्फबाट सहयोग र क्लबका अध्यक्ष सुनील खड़का, सहसचिब प्रीतम गुरुङ र प्रवक्ता संजीव बरालले व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री खरिद गरेर वितरण गरिएको सहसचिब सन्दीप भुसालले जानकारी दिए ।

वडाध्यक्ष रुद्रनाथ बरालले सामाजिक कामका लागि आर्थिक र नैतिक सहयोग गर्न सदैव वडा तत्पर रहने बताए ।

क्लबका अध्यक्ष सुनील खड़काको अध्यक्षतामा भएको कार्यक्रम संचालन क्लबका सचिव किरण भण्डारीले गरेका थिए।

तपाईको प्रतिक्रिया