प्रदेश २ मा कांग्रेस सत्तापक्ष
समाधान संवाददाता
२०७८ जेठ २६ गते १९:४३

समाधान संवाददाता, पाेखरा ।
पछिल्लाे निर्बाचनपछि सत्ताबाट बाहिर रहेकेा नेपाली कांग्रेस प्रदेशहरुमा सत्ता पक्ष हुन थालेकाे छ ।
पछिल्लाे पटक प्रदेश २ मा कांग्रेस सत्ता पक्ष बनेकाे छ । जनता समाजवादी पार्टीमा आन्तरिक विभाजनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले महन्थ महताे पक्षधर मन्त्रीलाई हटाएर कांग्रेसलाई सत्ता साझेदार बनाएका हुन् ।
कांग्रेसले ३ वटा मन्त्रालय पाएकाे छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।
कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया