बिपी राहत कोषमार्फत सहयोग

समाधान संवाददाता २०७८ जेठ २७ गते ८:४४

लेखनाथ, २६ जेठ

पोखरा महानगरपालिका वडा नम्बर ३० मा स्थापना भएको नागरिक परोपकार समन्वय संस्थालाई बिपी राहत कोष जिल्ला कार्यसमिति कास्कीमार्फत आर्थिक सहयोग प्राप्त भएको छ ।

विपतमा परेकालाई यथासक्य सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको नागरिक परोपकार समन्वय संस्थालाई नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेले संस्थाका अध्यक्ष राजेन्द्र ओझालाई ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement

शव वाहान व्यवस्थापनका लागि रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेस नगर सभापति लामिछानेले सरकारात्मक सोचका लागि जीवनमा संकटको घडीमा हरेक व्यक्ति संघसंस्थालाई कोषको जिल्ला कार्य समितिमार्फत सहयोग गरेको औंल्याए ।

हरेक संस्थाको सहयोगका लागि नेपाली कांग्रेस सदैव सकारात्मक सोचका अगाडि बढेको उनले सुनाए । सोही अवसरमा संस्थाका संरक्षक एवं पोखरा महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले साझा सम्पति साझा भएकाले सबैले आआफ्नो तर्फवाट शुद्ध मन र बचनले संस्थालाई सहयोग गर्नुपर्ने धारणा राखे ।

Advertisement

नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले विपत अवस्थामा जन्मेको संस्थालाई विस्तारै अगाडि बढाउने क्रममा विभिन्न सहयोगी मनले संस्थाको शव वाहन (एम्बुलेन्स) व्यवस्थापनका लागि गरेको सहयोग उच्चस्तरको रहेको बताए । संस्थाले मानवीय जीवनमा आइपर्ने हरेक समस्याको समधानका लागि सदैव लाग्ने उनको भनाइ थियो । संस्थाका सचिव रामराज अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया