आज मुख्यमन्त्री पोखरेलसँग ३ मन्त्रीले शपथ लिने, कास्कीका काेही परेनन्

समाधान संवाददाता २०७८ जेठ २९ गते १८:४४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ ग्रहण गर्ने भएका छन् । उनले आज साढे ७ बजे शपथ लिन लागेका हुन् ।

मुख्यमन्त्रीसँगै ३ जनाले मन्त्रीको शपथ लिने तयारी छ । माओवादीबाट लमजुङकी मधु अधिकारी, जनता समाजवादीबाट गाेरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद दीपक मनाङेले आज शपथ लिदैंछन् ।

Advertisement

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजमात्रै कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानको १६८ (५) अनुसार पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया