नारायणी नदीमा बिच पार्क, धौलागिरी संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिने

समाधान संवाददाता २०७८ जेठ ३१ गते १६:४०

पोखरा । गण्डकी प्रदेश सरकारले नारायणी नदीमा बिच पार्क बनाउने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यसका लागि सम्भाव्यता अध्ययन गरी योजना बनाइने बताएकी छन् ।

प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने जनाइएको छ ।

धौलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिने प्रदेश प्रमुख पौडेलले बताइन् । बिदा पर्यटन कार्यक्रले निरन्तरता पाउने भएको छ । नवलपुर, तनहुँ र कास्कीमा एकएक वनपैदावर आधारित उद्योग निर्माण गरिने कार्यक्रम छ ।

Advertisement

जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने नीति प्रदेश सरकारले लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया