अपांगता भएका परिवारलाई तीस हजार सहयोग

समाधान संवाददाता २०७८ असार २ गते ७:४९

गण्डकी, ३१ जेठ

पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अपाङगता भएको परिवारलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परिवारलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटेको हो ।

अपांगसहित सात जनाको सो परिवारलाई आज स्वदेश तथा रोजगारीको शिलशिलामा विदेशमा रहेका मनकारी व्यक्तिबाट ३० हजार रुपैया नगद सहयोग प्राप्त भएको छ ।

Advertisement

याङ्जा जिल्ला पुतलीबजार घर भई हाल अमेरिकामा रहेका राजेन्द्र गुरुङले १० हजार, शिवकुमार रानाभाट (सुन्दर) जापानबाट नौ हजार ७५५, पोखरा १७ छोरेपाटनका सन्तोष गुरुङबाट पाँच हजार २४५, नरेन गुरुङले दुई हजार मेखबहादुर थापाबाट तीन हजार सहयोग गरेका थिए ।

स्याङजा जिल्ला पुतलीवजार नगरपालिका ७ स्थित भारकोट शान्ति स्तुपा गाउँ समाजका साधारण सदस्यद्वय सन्तोष गुरुङ र मेखबहादुर थापाले सहयोगी दाताहरुबाट संकलित रकम उक्त रकम परिवारका सदस्य मनमाया थापामगरलाई हस्तान्तरण गरे ।

Advertisement

दैनिक ज्यालादारीको भरमा जीविकोपार्जन गर्दै आएको अपांगसहितको सात जनाको परिवारलाई निषेधाज्ञाको कारण रोजगार गुमेपछि हात मुख जोडन समेत धौध परेको थियो । सो परिवारको पीडालाई बुझेका मनकारी मनहरुको सहयोगले खानाको राम्रो व्यवस्था भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको नजिक सेतीनदीको डिलमा आफन्तको जग्गामा जस्ताले छायको एउटा कोठामा नबोल्ने, हिँडडुलसमेत गर्न नसक्ने, खाना खुवाइदिनुपर्ने र शौचालय समेत बोकेर लैजानुपर्ने अवस्थाका १८ वर्षीैय अपांग पूर्णबहादुर थापा सहितको सात जनाको परिवार बस्न बाध्य छ ।

काठमाडौंमा जन्मेर छ महिनाको हुँदा पोखरा लिएर आउनु भएका बुबा आमा समेतको निधन भइसकेकोले आफन्त र पैत्रिक सम्पत्तिकाबारेमा समेत केही जानकारी नभएको कारण अहिलेसम्म आप्mनो नाममा एक इन्ची पनि जमिन नभएको सो परिवारका अभिभावक ५५ वर्षीय लक्षु थापामगरले दुखेसो सुनाए ।

तपाईको प्रतिक्रिया