हेलम्बु पहिरोः ५० बेपत्ता, बस्ती बगायो

समाधान संवाददाता २०७८ असार २ गते ८:०६

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि ५० जना बेपत्ता भएका छन् ।

हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सातवटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरु बगाएको छ । तिम्बु बजारका बासिन्दा भने सुरक्षित स्थानमा छन् ।

मंगलबार बेलुका ६ बजेतिर गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको र उनीहरुको अवस्था थाहा हुन नसकेको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया