मुख्यमन्त्रीलाई पर्यटन परिषद्को २१ सुझाव

समाधान संवाददाता २०७८ असार ३ गते ८:५०

समाधान संवाददाता, पोखरा

पोखरा पर्यटन परिषद्ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २१ बुँदे सुझाव पत्र दिएको छ । पोखराको पर्यटन व्यवसायको प्रवद्र्धनका लागि २१ वटा सुझाव सहित पत्र दिइएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘व्यवसाय पुनरुत्थान कार्यक्रम सुस्त गतिमा बढ्दा व्यवसायीहरु पलायन हुने क्रम बढेकाले व्यवसाय पुनरुत्थानका लागि सुझाव सहित पत्र दियौं,’ भट्टराईले भने ।

पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन परिषदले माग गरेको छ । पुर्नकर्जा कोष र व्यवसाय संचालन कोषलाई सहज तरिकाले सबै पर्यटनकर्मीको पहुँचमा पु¥याइनुपर्ने सुझाव पनि परिषदले दिएको छ ।

Advertisement

आफुहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ वर्षसम्म तिर्न नसक्ने भएकाले कर्जाको भुक्तानीको तालिका पुनर्तालिकीकरण गराइदिन सरकारसँग परिषदले माग गरेको छ । बंैकले बढिमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

टे«किंङ एजेन्सी मार्फत बनाइने पदयात्रा अनुमति पत्रको दस्तुर नेपाली रुपैयाँमै वा विदेशी मुद्रामा नै गर्नुपर्ने भए विदेशी मुद्रा खाता चेक स्वीकार गर्ने व्यवस्था गर्न पनि परिषदले सुझाव दिएको भट्टराईले बताए । पर्यटन व्यवसायीलाई टिकाउन निश्चित रकमको पर्यटन व्यवसाय निरन्तरता कोष स्थापना गर्नका लागि समन्व्य गरिदिन पनि परिषदले माग गरेको छ ।

Advertisement

फेवाताल वरपर फुटट्र्याक बनाउने कार्यलाई तीव्रता दिन पनि परिषदले माग गरेको छ । हिमागृह र रत्नमन्दीरलाई खुल्ला गरी पर्यटन केन्द्रको रुपमा रुपान्तरण गर्न पनि सरकारसँग माग गरिएको भट्टराईले बताए ।

गण्डकी प्रदेश भित्र पर्ने आठ हजार मिटर भन्दा अग्ला अन्नपूर्ण, धवलागिरी र मनास्लु हिमालहरुको आरोहण शुल्क मिनाहा गर्नु उपयुक्त हुने परिषदको ठहर छ । नेपालको सबै भन्दा ठूलो संरक्षित क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि परिषदले मुख्यमन्त्रीलाई दिएको पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया