बाघले कास्कीमा २ पुरुषलाई घाइते बनायो, प्रतिकार गर्दा आफैं ज्यान गुमायो

समाधान संवाददाता २०७८ असार ४ गते १८:५९

समाधान संवाददाता, पोखरा ।

कास्कीको रुपा गाउँपालिकामा बाघको आक्रमणमा परि २ पुरुष घाइते भएका छन् । स्थानीयले बाघलाई प्रतिकार गर्दा अन्त्यमा बाघले ज्यान गुमाएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमणबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Advertisement

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट बाघले चिथोरेर घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेर घाइते भएका हुन् ।

Advertisement

स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया