गण्डकीका युवालाई बस्नेतकाे आव्हानः विपदमा सहयाेगी बन्नुस्, पार्टी एकतालाई जाेड दिनुस्

समाधान संवाददाता २०७८ असार ४ गते २१:००

समाधान संवाददाता, पाेखरा ।

युवा संघ नेपाल, गण्डकी प्रदेश कमिटीकाे भर्चुअल बैठक शुक्रबार सम्बाेधन भएकाे छ । युवा संघ नेपालकाे पुनरगठनपछि प्रदेश कमिटीकाे पहिलाे बैठक बसेकाे हाे ।

बैठकलाई सम्बाेधन गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले वर्षा र विपदकाे बेलामा उद्दार अभियानमा खटिन प्रदेशका युवाहरुलाई आव्हान गरे । दुखका बेलामा एमालेका युवा साथिहरु आउछन् भन्ने सन्देश जनताका लागि उद्दार र राहातमा खटिन बस्नेतले अपिल गरे ।

Advertisement

त्यस्तै नेता बस्नेतले माए पार्टी नेकपा एमालेकाे एकताका लागि युवा साथीहरुले पनि दवाव दिनु पर्ने बताए । एमाले बलियाे भएकाले पार्टी फुटाउन खाेजिएकाे भन्दै एमाले विराेधी तत्वहरुले एमाले कै नेतालाई घेराबन्दीमा पारेकेा दावी गरे ।

साे बैठकलाई सम्बाेधन गर्दै युवा संघका राष्ट्रिय अध्यक्ष किरण पाैडेलले एमालेका नेता विरुद्द जथाभावी बाेल्ने गुण्डा नाइकेहरुलाई कारवाही गर्ने बताए । उनले एमालेलाई शक्तिशाली बनाउन युवाहरुलाई जुझारू हुन निर्देशन दिए ।

Advertisement

बैठकमा गण्डकी प्रदेशका इन्चार्ज सन्ताेष रावलले युवाहरुलाई महामारी र विपत्तीका बेलामा सहयाेगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

बैठककाे अध्यक्षता गरेका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङले काेराेना महामारीकाे दाेश्राे भेरियन्टका बेलामा युवा संघ गण्डकीले गरेकाे राहात र सहयाेग कार्यक्रमका बारेमा जानकारी दिदैं दैवी विपत्तीका हरेक घटनामा गण्डकीका युवाहरु समाजकाे सहयाेगी बन्ने बताएका थिएका ।

जसरी अर्नाको हुलमा सिंह र बाघहरुले सिकार गर्न पर्यो भने कि त एकदमै कमजोर छानेर आक्रमण गर्छन कि हुल बाट छुट्टाएर एक्लाएर आक्रमण गर्दछन ठिक त्यस्तै गरेर अहिले माधब नेपाललाइ छुट्टाएर एकीकृत कम्युनिस्ट चाहनेहरुमाथी चारैतिर बाट आक्रमण गर्न खोजिदैछ।क.महेश बस्नेत

तपाईको प्रतिक्रिया