बाढी—पहिरोले एकहप्तादेखि अवरुद्ध बेनी—जोमसोम सडक खुल्यो

समाधान संवाददाता २०७८ असार ७ गते २२:२३

सुन्दरकुमार थकाली \ जोमसोम

लगातारको अविरल वर्षासंगै आएको बाढी—पहिरो र नदी कटानका कारण एक साता देखि अवरुद्ध बेनी—जोमसोम ७६ किमी सडक सोमबार साँझ ९ बजेबाट भर्खरै संञ्चालनमा आएको छ । बेनी—जोमसोम सडकको प्याकेज नम्बर २ र ३ को सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीको उपकरणले सडक सफा गरपछि बेनी—जोमसोम सिधा सडक संञ्चालनमा आएको सुपरभाईजर ईन्द्रसिंह शेरचनले समाधानलाई जानकारी दिए ।

बाढी—पहिरो गएको स्थानमा निर्माण कम्पनीले सडक सफा गरेसंगै बेनी—जोमसोमको दुबैतर्फ मालबाहक सवारी साधन रातारात गन्तब्यमा प्रस्थान गरेको सुपरभाईजर शेरचनले बताए । “ एक साता देखि बाढी—पहिरो र नदी कटानले सडक अवरुद्ध बनायो ,“ निरन्तरको वर्षाले सडक खुलाउन कठिन प¥यो ,“ सुपरभाईजर शेरचनले भने¬ “बेनी—जोमसोम सडक खुलाउन बिहान ४ बजे देखि ९ बजेसम्म ३ दिनसम्म खटियौं ।’ सुपर भाईजर शेरचनले सडक खुलेपछि २ दर्जन मालबाहक सवारी गन्तब्यतर्फ प्रस्थान गरेको उल्लेख गरे ।

Advertisement

केहीदिन अघिको अवरल वर्षाले बेनी—जोमसोम सडकको म्याग्दीतर्फ अन्नपूर्ण गापा —३ को तातोपनी,नौनी बगर ,रुप्से झरनामा बाढी—पहिरो र नदी कटानले सडक डाईभर्सन बगाउने लगायतका कारण सडक अवरुद्ध बनेको थियो भने बेनी—जोमसोम सडकको मुस्ताङतर्फ मार्फा ,कैकु र मिसी खोला लगायतका बाढी—पहिरोले सडक अवरुद्ध भएको थियो ।

यस्तै ,वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर सडकमा पहिरोले २५ मिटर सडक भासिएको थियो ।मुस्ताङतर्फ सडक सफा गरी संञ्चालनमा ल्याईएपनि म्याग्दी खण्डमा सडक सफा गर्न वर्षाका कारण चुनौती बनेको थियो । आईतबार देखि मौसममा केही सुधार आएकाले सडक खुलाउन सहज भएको शर्मा गजुरमुखीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।
वर्षाका कारण सडक अवरुद्ध हुदा मुस्ताङमा खाद्यान्न तथा निर्माण सामाग्री ढुवानीमा समस्या पर्दैआईरहेको थियो भने बिरामीलाई उपचारमा पोखरा लैजान अप्ठ्यारो परेको थियो । अविरल वर्षाले मुस्ताङ र म्याग्दीको दर्जनौ स्थानमा सडक अवरुद्ध हुदा गन्तब्यमा पुग्ने यात्रुलाई समस्या परेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया