मादीको तल्लो छाचोकमा अस्पताल

समाधान संवाददाता २०७८ असार ८ गते ७:५५

समाधान संवाददाता, पोखरा

मादी गाउँपालिकाले तल्लो छाचोकमा अस्पताल बनाउने भएको छ । १५ शड्ढयाको अस्पताल भवन निर्माण आगामी आर्थिक वर्षभित्रै सुरु गर्ने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए ।

सोमबार ९ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् ।स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीमा सञ्चालित सामुदायिक स्वास्थ्य इकाइलाई निरन्तरता दिन उनले प्रस्ताव गरेका छन् ।

Advertisement

होम आइसोलेसनमा रहेकालाई औषधी तथा खाद्यान्नको प्याकेज तथा थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउने संक्रमितलाई निःशुल्क खाना तथा औषधी उपचारको व्यवस्था गरिने भएको छ ।

संक्रमितलाई आवश्यक एम्बुलेन्स सेवा सित्तैमा उपलब्ध गराउन उनले प्रस्ताव गरेका छन् । विपद्का बेला दुर्घटनामा परी गम्भीर चोटपटक लागेका, अंगभंग भएका, कोभिड संक्रमति भई भेन्टिलेटरमा उपचार गर्नुपर्ने भएमा तथा मृत्यु भएमा राहत दिन प्रस्ताव गरिएको छ ।

Advertisement

नीति तथा कार्यक्रममा अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम र कृषि पशु अनुदान कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । वडा नं. ८ र १२ मा स्वास्थ्य चौकी भवन निर्माण सक्ने योजना छ । मादीले प्रकोप व्यवस्थापन तथा महामारी नियन्त्रणलाई प्राथमिकता दिएको छ ।

२ हजार ७ सय ५७ जनाको पिसिआर र ६ सय ८२ जनाको एन्टेजिन विधिबाट परीक्षण गरिएकोमा ३सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पालिकाले अहिले थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३० बेड अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेको छ ।

पालिकाले दिगो कृषि प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम ल्याउने भएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रोत्साहनमूलक कार्यक्रम ल्याउने प्रस्ताव गरिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि औजार उपकरण लगायतमाअनुदान दिइने भएको छ ।

बाली वस्तु तथा बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रमलाई निरन्तरता दिँदै अलैंची तथा गाई, भैंसीको पकेट विकास कार्यक्रम सुरुवात गर्न प्रस्ताव छ । पालिकास्तरीय कृषि नर्सरी स्थापना गरी फलफूल तथा तरकारीको बिउ विरुवा उत्पादन तथा आपूर्ति गरिने भएको छ ।

मादीले दलितले सञ्चालन गर्दै आएका परम्परागत पेशा, व्यवसायलाई संरक्षण, सम्र्वद्धन र आधुनिकीकरण गर्न अनुदानमा आधारित कार्यक्रमगर्ने भएको छ । पालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्य चिनाउन डकुमेन्ट्री बनाउन गुरुङले प्रस्ताव गरेका छन् ।

ठाडो भाकाका सर्जक पञ्चसुब्बा गुरुङको सम्झनामा स्मृतिस्तम्भ निर्माण गरिने भएको छ । स्थानीय पाठ्यक्रम बनाएर पालिकाका विद्यालयमा लागू गर्ने नीति मादीले लिएको छ । आधारभूत तथा माध्यमिक विद्यालयमा क्रमशः इपुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष निर्माण गरिने भएको छ ।

उपाध्यक्षसँग छात्रा लक्षित कार्यक्रम अन्तर्गत छात्रालाई निःशुल्क सेनिटरी प्याड तथा प्राथमिक उपचारका सामग्रीहरु वितरण गरिने भएको छ । उपाध्यक्षसंँग महिला कार्यक्रम अन्तर्गत १२ वटै वडाका महिलालाई आर्थिक विकासका लागि सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

मादीले पालिकाभित्र उत्र्सजन हुने फोहोरमैलाको वर्गीकरण गरी नकुहिने फोहोरको उचित तवरले व्यवस्थापन गर्न फोहोर संकलन केन्द्र बनाउने भएको छ । संघ र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकास्तरीय रंगशाला निर्माण गरिने भएको छ ।

मादीले मौलिक पहिचान झल्किने स्थानीय गान प्रयोगमा ल्याउने भएको छ । पालिकामा गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गर्न प्रस्ताव गरिएको छ । गाउँपालिका तथा अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा विद्युतीय माध्यमद्वारा प्रवाह गरिने भएको छ ।

मादीले साबिक स्थानीय निकायका स्थायी वा अस्थायी नियुक्ति लिई निरन्तर कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । पालिकाका कर्मचारीलाई १० दिनको तलब दिएर घुम्न पठाइने भएको छ ।

पालिकामा बन्ने सबै संरचनालाई भवन निर्माण मापदण्ड अनुसार बनाउन पहल गरिने भएको छ । ठेक्कामार्फत सञ्चालन हुने योजनाको ठेक्का सूचना असोज महिनाभित्रै प्रकाशन गरिने भएको छ । ठूला आयोजनालाई गुणस्तरीय बनाउन निर्माण अवधिका लागि छुटै प्राविधिक कर्मचारी राख्न प्रस्ताव गरिएको छ ।

मादीले संसद विकास कोषकै झल्को दिने गरी वडा सदस्यहरुलाई योजना दिने भएको छ । सबै कार्यपालिका सदस्य तथा वडा सदस्यलाई१ पुँजीगत योजनाका लागिबजेट दिन प्रस्ताव गरिएको छ ।

मादीले पालिकामा हेलिप्याड बनाउने भएको छ । अध्यक्ष गुरुङले विपद् पछिको उद्धार, राहत तथा पुनस्र्थापनामा सघाउन हेलिप्याड बनाउन प्रस्ताव गरेका छन् । मादीका अध्यक्ष गुरुङको पार्टी नेकपा एमालेको बहुमत छ ।

तपाईको प्रतिक्रिया