स्थानीय तहलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ असार १३ गते ७:२६

समाधान संवाददाता, पोखरा

शान्ति द्विप (पिसविन) नेपालले गण्डकी प्रदेशका १० स्थानीयतहलाई कोभिड १९ रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

बाजुरामा प्रधान कार्यालय रहेको संस्थाले कास्की, लमजुङ, तनहुँ र नवलपुरका १० स्थानीयतहलाई मास्क, पीपीई सेट, पञ्जा, अक्स मिटर, सेनेटाइजर गरी ३ लाख ५० हजार बराबरका सामग्री प्रदान गरेको परियोजना संयोजक पशुपति चौधरीले जानकारी दिइन् । संस्थाले पिएसआई नेपालको साझेधारीमा सञ्चालित महिला स्वास्थ्य परियोजनामार्फत स्थानीयतहका स्वास्थ्य शाखालाई सामग्री वितरण गरेको बताइन् ।

Advertisement

‘प्राकृतिक विपद् तथा जोखिमको समयमा स्थानीय तहसँगको सहकार्यमा राहत तथा सहयोग गर्दै आएका छौं,’उनले भनिन्, ‘कोभिड १९को महामारीको अवधिमा समेत परियोजनाको कार्यक्षेत्र रहेका पालिकामा सहकार्य गरेका छौं ।’

उनले पोखरा महानगरपालिका, मध्यनेपाल, सुन्दरबजार, बेसीसहर, व्यास, शुक्लागण्डकी, गैंडाकोट, देवचुली र कावासोती नगरपालिका, म्याग्दे गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको जनाइन् ।

Advertisement

म्याग्दे गाउँपालिका अध्यक्ष माया राना आले, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, बेसीसहर गाउँ पालिका स्वास्थ्य साखाका प्रमुख मनोजसिंह बोहोरा, गैडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले संस्थाको सहयोगप्रति आभार प्रकट गरे ।

तपाईको प्रतिक्रिया