विन्ध्यवासिनीमा पूर्वाधार बनाउन बैंकको सहयोग

समाधान संवाददाता २०७८ असार १५ गते ८:४४
Exif_JPEG_420

कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई ९ लाख प्रदान गरेको छ

समाधान संवाददाता, पोखरा

कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले भौतिक संरचना निर्माणका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई आइतबार आर्थिक सहयोग गरेको छ ।

Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत बैंकले समितिलाई ९ लाखसहयोग गरेको हो । विन्ध्यवासिनी मन्दिर परिसरमा भएको कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

बैंकका सञ्चालक पराजुलीले कृषि विकास बैंक अत्याधुनिक सुविधासहितको घर आँगनको बंैक बनेको बताए । उनले वास्तविक किसान र कृषिमा आधारित कार्यक्रम गर्ने बैंकले नेपालका दूरदराजमा सामाजिक सशक्तीकरण र आर्थिक उत्थानका कार्य गरेको उल्लेख गरे ।

Advertisement

‘बैंक तथा वित्तीय संस्थामा अब्बल बनेको बैंकले संस्थागत उपस्थितिमा आर्थिक समृद्धिका काम भएका छन्,’उनले भने, ‘सबैभन्दा बढी सञ्जाल भएको बैंकले डिजिटल माध्यमबाट समयसापेक्ष स्तरीय सेवा प्रवाह गरेको छ ।’ उनले बैंकले खेलकुद, खानेपानी, बाटोघाटो, धार्मिक क्षेत्रसँग जोडिएको जानकारी दिए ।

कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपानेले बैंक धेरै पहिलेदेखि कुनै न कुनै माध्यमबाट विन्ध्यवासिनी धार्मिक क्षेत्रसँग जोडिन चाहेकोमा अहिले आएर त्यो योजना पूरा भएको बताए । उनले वित्तीय क्षेत्रमा बैंक तथा समिति एकापसमा सहकार्य गर्ने उल्लेख गरे ।

कृषि विकास बैंक मुख्य शाखा प्रबन्धक माधव रिजालले बैंकले नाफाको निश्चित रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकासमा खर्च गरेको जानकारी दिए । उनले नेपालीको आस्थाको धरोहर विन्ध्यवासिनीसँग बैंकले संस्थागत सम्बन्ध बढाएको जनाए ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले समितिलेवैदिक शिक्षा र संस्कृतिको अध्ययनका लागि गुरुकुल चलाएको जानकारी दिए । समितिका सचिव तीर्थ श्रेष्ठले गुरुकुलको पूर्वाधार निर्माण समितिको प्राथमिकतामा परेको जानकारी दिए ।

उनले गुरुकुलमा १सय विद्यार्थीलाई निशुल्क आवासीय शिक्षा दिने बताए । सचिव श्रेष्ठले बैंक तथा समिति मानवता र राष्ट्रलाई सुन्दर बनाउने अभियानमा लागेको उल्लेख गरे ।

बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले २०२४ साल माघ ७ गतेबाट ५करोडको अधिकृत पुँजीबाट वित्तीय कारोबार गरेको बैंक सम्पूर्ण बैंकिङ सुविधासहित नेपालीको घर, आँगनको बैंक भएको बताए । उनले २०४३ सालदेखि कम्प्युटर सेवा सुरुवात गरेको बंैकले नेपालको गरिबी निवारणमा उल्लेखनीय योगदान पु¥याएको दाबी गरे ।

बंंैकका वरिष्ठ व्यवसाय अधिकृत राजेन्द्र सुवेदीले बंंैक तथा समितिले दोहोरो क्रियाकलाप गरेर एकापसमा जोडिनुपर्ने प्रस्ताव गरे ।

तपाईको प्रतिक्रिया