परोपकारलाई ग्लोबलको साथ

समाधान संवाददाता २०७८ असार १९ गते ९:०५

लेखनाथ, १८असार (समाधान)

परोपकार समन्वय संस्थालाई शववाहन खरिद तथा सञ्चालनका लागि ग्लोबल आइएमई लघुवित्तले१ लाख सहयोग गरेको छ । शुक्रबार ग्लोबलको टोलीले १ लाखको चेक हस्तान्तरण गरेको हो ।

२०७७ साल भदौमा स्थापना भएको परोपकार समन्वय समितिले विपत व्यवस्थापनका लागि शववाहन किनेर सञ्चालन गर्न थालेको छ ।

Advertisement

ग्लोबलका प्रमुख कार्यकारी निर्देशक हरिकृष्ण जोशी, सहायक कार्यकारी निर्देशक सर्जल खड्का र वरिष्ठ प्रबन्धक पदम घिमिरेले नागरिक परोपकारका अध्यक्ष राजेन्द्र ओझा,उपाध्यक्ष चिरञ्जीवी तिवारी,कोषाध्यक्ष देवराज पन्थी, सदस्य सोमनाथ जमरकट्टेल (इन्द्रविलास), अनुगमन तथा निरीक्षण संयोजक लक्ष्मीप्रसाद त्रिपाठी, सल्लाहकार शैलेन्द्रमोहन भट्टराई र कार्यालय प्रमुख मनिष घिमिरेलाई चेक हस्तान्तरण गरेका हुन् ।

पोखरा ३० का शिवराज न्यौपानेले १० लाख ५२ हजार शववाहन सञ्चालनका लागि प्रदान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया