सट्टेबाजीमा र जुवा संलग्न ४ जना चिनियाँ पक्राउ

समाधान संवाददाता २०७८ असार २२ गते १८:२१

जुवा खेलेको र सट्टेबाजीमा संलग्र भएको आशंकामा प्रहरीले चार जना चिनियाँ नागरिकलाई प्रकाउ गरेको छ । उनीहरुको साथबाट नगद ८ लाख ८९ हजार १ सय ५५, जुवा खेल्न प्रयोग गरिएको विद्युतीय टेबल, जुवातासमा प्रयोग हुने चिनिया भाषाका माज्याङ्ग भनिने प्लाष्टिकको गोटी, विभिन्न कम्पनीका मोबाइल प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा ३१ वर्षे जाओ पेनुचेंग, ३४ वर्षीय मा जिङ्पिन,३१ वर्षे निउ युलियाङ् र पेङ हुई रहेका छन्

Advertisement

काठमाडौंको ज्याठास्थित क्वाबहालमा जम्मा भई चिनियाँहरु जुवातास र सट्टाबाजी खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

चिनियाँहरुसँग रहेका बाघ र गाईका केही छाला, कस्तुरीको बिना, बुद्वचित्र, रुद्राक्ष, विभिन्न चिनियाँ बैंकका एटीएम कार्ड, खुकुरी, तरबारलगायतका सामान समेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया