हर्पन खोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगायो

समाधान संवाददाता २०७८ असार २४ गते १३:१९

मनसुनी वायूको प्रभावले विहिबार बिहान देखि आएको अविरल वर्षले हर्पन खोलामा निर्माण भएको सिल्टेसन डयाम बाढीले बगाएको छ ।

पोखरा महानगरपालिका वडा नं २३ मा रहेको उक्त डयाम भत्किएको हो ।
फेवा ताल जोगाउन करोडौँ रकम खर्चेर निर्माण भएको ड्याम पूर्ण रुपमा भत्किएको हो । तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ ।

वर्षामा आउने बाढी पहिरोलाई रोकेर फेवातालमा जाने ढुंगामाटो रोक्ने उद्देश्यले हर्पन खोलामा सिल्टेसन ड्याम निमार्ण गरिएको थियो । हर्पन खोलाको घाँटीछिना, बेतयानी खोलामा दुई ठाउँ, लौरुक खोला र अधेरी खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको छ । पोखरा महानगरपालिका र प्रदेश सरकारको लगानीमा ड्याम निमार्ण भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया