असार अन्तिमसम्म देशका धेरै ठाउँमाझरी पर्ने

समाधान संवाददाता २०७८ असार २५ गते १८:१६

जल तथा माैसम विज्ञान विभागले असार अन्तिम सम्म नै झरी पर्ने विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाे मौसमविद् शान्ति कँडेलले बताइन् ।

आज शुक्रवार मकवानपुर, दोलखा, इलाम, सिन्धुली, दाङ, बाँकेलगायतका जिल्लामा पानी परिरहेको छ । त्यस्तै चितवनमा पनि चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

आज राति प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने अनुमान मौसम विज्ञान विभागको छ ।

देशको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

Advertisement

यसैबीच वर्षाका कारण सडक पनि प्रभावित हुने हुँदा अति आवश्यक नपरि नहिँड्न पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया