तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु, एक घाइते

समाधान संवाददाता २०७८ असार २६ गते १२:५१
प्रतिकात्मक तस्विर

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँमा घिरिङ गाउँपालिका पुट्टारका ५३ वर्षीय यदुराज घिमिरे रहेका हुन् ।

शुक्रबार साँझ भीमाद बजारबाट पुट्टार जाँदै गरेको लु १ त ७२०७ नम्बरको ट्याक्टर भीमाद नगरपालिका ३ सेर्कामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ट्याक्टर चालक ३० वर्षीय ऋषि अधिकारी गम्भीर घाइते र २० वर्षीय यामबहादु दरै सामान्य घाइते भएका छन् । घाइते भएका अधिकारीको उपचारको लागि पोखरा लगिएको जनाइएको छ । दरैको भने भीमाद स्वास्थ केन्द्रमा उपचार भइरहेको छ ।

Advertisement

उक्त ट्याक्टरमा सात जना सवार रहेको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया