रहेनन् गोविन्द शर्मा बिखर्ची पौडेल

समाधान संवाददाता २०७८ असार २७ गते १४:१५

समाधान संवाददाता, पोखरा

पर्यटन व्यवसायीद्वय विश्वराज पौडेल र भीष्म पौडेललाई पितृशोक परेको छ । चिल्ली बार एन्ड रेस्टुरेन्टका सञ्चालकद्वयका पिता गोविन्द शर्मा बिखर्ची पौडेलको ८० वर्षको उमेरमा आफ्नै निवास पोखरा लेकसाइडमा आइतबार निधन भएको हो । उनी केही समययता बिरामीसमेत थिए ।

विभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यमा सक्रिय बिखर्ची पोखरा बैदामका कम्युनिस्ट अगुवा पनि हुन् । “कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन उहाँको निकै ठूलो योगदान छ,” पर्यटन व्यवसायी गोविन्द पहारीले भने, “उहाँ कम्युनिस्ट आन्दोलनको पुरानो र अगुवा नेता हुनुहुन्थ्यो, हामीहरुको अभिभावक हुनुहुन्थ्यो ।”

Advertisement

नमस्ते चिल्ड्रेन होमका संस्थापक अध्यक्षसमेत रहेका बिखर्चीलाई पहारी गाउँटोल र आफ्नो ठाउँका लागि मरिमेटेर लाग्ने सामाजिक व्यक्तित्वका रुपमा सम्झन्छन् ।

स्वर्गीय बिखर्चीको आइतबार नै पोखराको सेतीनदीमा अन्तिम संस्कार हुँदैछ । उनका २ श्रीमती, ३ छोरा र २ छोरी छन् । एक छोरा विश्वराज पौडेल रेबान पोखराका द्वितीय उपाध्यक्ष हुन् । अर्का छोरा भीष्म र विश्वद्वारा पोखरा लेकसाइडमा चिल्लीबार र डान्सिङ बोट रेस्टुरेन्ट सञ्चालनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया