गण्डकीका ५ जनामा कोरोनाको नयाँ भेरियन्ट भेटियो

समाधान संवाददाता २०७८ असार २७ गते १५:४६

समाधान संवाददाता, पोखरा ।

भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा गण्डकीमा पनि पुष्टि भएको छ । प्रदेशका ५ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत ३१ जेठमा हङकङ पठाइएका स्वाबमध्ये ५ जनामा डेल्टा देखिएको निर्देशक खिमबहादुर खड्काले बताए ।

Advertisement

पुष्टि हुनेमा स्याङ्जा कालीगण्डकी गाउँपालिकाका दुई जना १४ र ६० वर्षीय पुरुष हुन् । यस्तै, गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ जना ७०, ३३, ४० वर्षीया महिलामा डेल्टा पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया