प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

समाधान संवाददाता २०७८ असार २९ गते १२:३८

आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार छाड्नुअघि ओलीले प्रधानमन्त्रीको रुपमा अन्तिम सम्बोधन गर्ने भएका हुन् ।

उनले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको बताइएको छ । सर्वोच्चको फैसलासँगै ओली आज बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्दैछन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको थियो ।

Advertisement

अदालतको आदेश अनुसार देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउदै छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया