सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा पुग्याे

समाधान संवाददाता २०७८ असार ३१ गते १४:२२

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बिहीबार ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया