प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सिफारिस
समाधान संवाददाता
२०७८ असार ३१ गते १५:५३

समाधान संवाददाता
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको छ । साउन ३ गते बैठक बोलाउने निर्णय गरेको हो ।
जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया