घरमै बसेर फिल्म

समाधान संवाददाता २०७८ साउन १ गते १९:४९


समाधान संवाददाता
पोखरामा पहिलोपल्ट पैसा तिरेर घरमा बसेर (पे–पर–भ्यूमार्फत) दर्शकले फिल्म हेर्न पाउने भएका छन् ।
मुनाल फिल्म प्रालि पोखराले परीक्षणका रुपमा मेगा म्याक्स टेलिभिजन नेटवर्क च्यानलमार्फत फिल्म हेर्ने व्यवस्था मिलाएको हो । गुरुङ फिल्म वितरण कम्पनीको रुपमा रहेको प्रालिले सोही प्रविधिमार्फत साउन १ गतेदेखिगुरुङ भाषाको चलचित्र ‘मैरिंमो’ (सम्झिरहेको छु)सार्वजनिक रुपमा प्रर्दशन गर्न लागेको वितरक तथा फिल्मका निर्देशक भोजबहादुर गुरुङले जानकारी दिए ।
उनले दर्शकले ई–सेवा वाम्याक्स टेलिभिजनको शाखामा पैसा भुक्तानी गरेपछिदर्शकले म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा फिल्म हेर्न पाउने बताए । फिल्म हरेक दिन दिउँसो १२ र ३, बेलुका ६ र राति ८ बजे गरी ४ सो प्रर्दशन गर्ने तयारी गरिएको छ । प्रति सो दर्शकले ३ सय २५ तिर्नुपर्ने उनले उल्लेख गरे । फिल्महरु च्यानलमा १ हप्तासम्म राख्ने उल्लेख गर्दै उनले व्यावसायिक प्रवद्र्धन भन्दापनि नयाँ प्रविधिको प्रयोग गरेको दाबी गरे ।
गुरुङ फिल्महरु प्रर्दशनका लागि प्रालि र टेलिभिजनबीच सम्झौता भएको जानकारी दिदै उनले ‘मैरिंमो’पछि गोरे गुरुङको ‘हेर्बैच्ह’(हिमालको छोरो) र मनोज गुरुङको ‘गेटपास’ प्रर्दशन गर्ने बताए । ‘कोभिड १९ का कारण सार्वजनिक रुपमा फिल्महरु प्रर्दशन हुन नसकेको अवस्थामा दर्शकलाई घरमै बसेर हेर्न पाउनेनयाँ माध्यम अपनाएका छौं,’गुरुङ फिल्म एसोसिएसन (जिफान) अध्यक्षसमेत रहेका गुरुङले भने, ‘महामारीको समयमा दर्शकसामु फिल्मको पहुँच पु¥याउन यो उपयुक्त माध्यम ठानेका छौं ।’
उनले नयाँ प्रविधिले फिल्म निर्मातालाई केही आर्थिक फाइदासमेत हुने उल्लेख गरे ।जिफानले गुरुङ फिल्महरु हलमा नियमित प्रर्दशन सुरुवात गरेको जानकारी दिँदै उनले कोभिड १९ का कारण करिब २० फिल्म प्रदर्शन हुन नसकेको बताए । म्याक्स टिलिभिजनका अध्यक्ष मनोज गुरुङले मुलुकभर मेगा म्याक्स टिभीका ५ लाख ग्राहक रहेको जानकारी दिए ।
वितरक तथा निर्देशक भोजबहादुर गुरुङका अनुसार‘मैरिंमो’ चलचित्रका निर्मातामा प्रेम गुरुङ र सपना गुरुङ छन् । केयरसिंह गुरुङको कथा र रोशन गुरुङको पटकथा रहेको चलचित्रमा तेजेन्द्र गुरुङले संगीत भरेका छन् । खिमबहादुर गुरुङ छायांकन र सम्पादन गरेको चलचित्रको निर्माण नियन्त्रकमा बालकाशी गुरुङ छिन् । चलचित्रमा गमन घले, सपना गुरुङ, प्रेम गुरुङ, राजेन्द्र गुरुङ लगायतका कलाकारले अभिनय गरेको निर्देशक गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया