रोटरी मिडटाउनमा शर्मा

समाधान संवाददाता २०७८ साउन १ गते १९:५५

समाधान संवाददाता
रोटरी क्लब अफ पोखरा मिडटाउनको २०आंै पदस्थापना कार्यक्रम बिहीबार भयो । कार्यक्रममा डिस्ट्रिक असिस्टेन्ट गभर्नर माधव सिग्देलले वर्ष २०२१÷२२ का अध्यक्ष दिलीप शर्मा लगायत समितिका पदाधिकारी एवं सदस्यलाई सपथ खुवाएर पदस्थापन गराए ।
यसअघि वर्ष २०÷२१ का अध्यक्ष जयमोहन भट्टराईले ग्यवेल र ह्यामर दिएर शर्मालाई अध्यक्ष पद हस्तान्तरण गरेका थिए । प्रारम्भमा भट्टराई र त्यसपछि शर्माको सभापतित्वमा भएको कार्यक्रममा डिस्ट्रिक ३२९२ का प्रेसिडेन्ट इलेक्ट जितेन्द्रबहादुर राजभण्डारीले रोटरियनहरूले आफूसँग भएको समय, दक्षता र आर्थिक सहयोग समाजसेवामा लगाउनुपर्ने बताए ।
पूर्व डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले आफ्नो पालामा डिष्ट्रिक्टलाई छैटौ स्थानमा पु¥याएको बताए ।क्लबमा नयकका सदस्यको रूपमा प्रवेश गरेकी डिकी कार्की, थानबहादुर क्षत्री र क्षेत्रबहादुर बराललाई असिस्टेन्ट गभर्नर सिग्देलले गोपनियताको सपथ गराए । कार्यक्रम सञ्चालन सोनी ढेवाजु र डा पबिन थापाले गरेका थिए ।
समारोहमा क्लबले स्नातक तह, कक्षा १२ र एसइई उत्तीर्ण गरेका ९ जना सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ । कार्यक्रममा सदस्यद्वय कौशल्या गुरूड र शान्ति श्रीस मुना बस्तोलाले टोष्ट प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । समारोहको सञ्चालन सचिव उपेन्द्र पौडेलले गरेका थिए भने स्वागत प्रेसिडेन्ट इलेक्ट रवीन्द्रनाथ बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया