भ्रूणहत्या आरोपमा बागलुङकी महिला पक्राउ

समाधान संवाददाता २०७८ साउन ४ गते १४:०३

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट १ युवती पक्राउ परेकी छन् । जैमिनी १० की २६ वर्षीया युवतीमाथि ४ महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।

ती महिलाले औषधि सेवन गरप् ४ महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । ‘शनिबार दिउँसो स्थानीयले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो’, हवारीले भने, “स्थानीयकै आशंकाका आधारमा हामीले उनलाई पक्राउ गरेका हौं ।’

ती महिलाका श्रीमान् ३ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रूणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आइतबार बिहान उनको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान थालिने हवारीले बताए ।रासस

Advertisement

तपाईको प्रतिक्रिया