सडक अवरुद्ध हुँदा मुस्ताङमा बाेकेर खाेप ल्याइदै

समाधान संवाददाता २०७८ साउन ४ गते २०:५८

एसके थकाली \ जोमसोम

राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडक दिनहुजसो अवरुद्ध भईरहँदा कोरोना बिरुद्धको खोप मुस्ताङ ल्याउन मुश्किल पर्ने गरेको छ । बर्खायामको अबिरल बर्षाका कारण ठाउँ÷ठाउँमा बाढी ÷पहिरो र नदी कटानले निर्माणधिन बेनी—जोमसोम सडक अवरुद्ध हुने गर्दा भौगालिक रुपले विकट हिमाली जिल्ला मुस्ताङमा कोरोना बिरुद्धको खोप ढुवानीमा समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

सरकारले उत्तर÷दक्षिण सीमानाका जोड्ने उद्देश्यले २०७४ सालदेखि बेनी—जोमसोम—कोरला सडक स्तरोन्नति गर्दैआईरहेको छ । बेनी—जोमसोम ४ खण्डमा काम भईरहेको राष्ट्रिय गौरवको म्याग्दी खण्डको दर्जनौ स्थानमा बर्सेनि बाढी÷पहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुने गरेको छ । वर्षाले बेनी÷जोमसोम सडक समेत हिलाम्मे हुन्छ ।

Advertisement

म्याग्दी खण्डमा कमजोर भूबनोट तथा आयोजनाले गर्ने सडक निर्माणको क्रममा परिचालन गरिएको डोजर÷स्काभेटर र ब्रेकर लगायतका उपरकरणले भाईब्रेसन सृजना गर्ने भएकाले बेनी—जोमसोम सडक भाँसिने,सडक माथिबाट पहिरो जाने र सडक बेस बगाउने गर्दा बर्खायामको मौसममा बेनी—जोमसोम सडकमा सवारी साधन तथा पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।
बर्खायामको अबिरल वर्षाका कारण बर्सेनि म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर , म्याग्दीको रुप्से झरना,गुईठे ,तातोपानी ,बेगखोला ,बैसरी र गलेश्वर लगायतका स्थानमा दिनहु सडक आवागमन चुनौती बन्ने गरेको छ ।

मुस्ताङमा ५५ वर्षभन्दा तलका नागरिकले कोरोना बिरुद्धको खोप लगाउने अवसर पाएका छैनन् । कोरोना बिरुद्धको खोप भने ५५ वर्षभन्दा माथिका नागरिकले लगाईसकेका छन् ।तर ,अझै मुस्ताङमा लक्षित बर्गले कोरोना बिरुद्धको खोप लगाउन नपाएको गुनासो बढेको छ ।
अमेरिकाले हालै अनुदानमा उपलब्ध गराएको ६ सय ५० डोज कोरोना बिरुद्धको खोप गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मुस्ताङलाई उपलब्ध गरायो । मुस्ताङलाई उपलब्ध गराईएको उक्त खोप मुस्ताङसम्म ढुवानी गर्न समस्या परेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

ब्यग्र कोरोना बिरुद्धको खोपको पर्खाईमा बसेका मुस्ताङीलाई खोप लगाउन स्वास्थ्य कार्यालय मुस्ताङले बेनी—जोमसोम सडकमा निकै सास्ती भोग्नु परेको कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

“ बर्खायाममा बेनी—जोमसोम ठाउँ÷ठाउँमा सडक अवरुद्ध छ ,गाडी पनि ठाउँ ÷ठाउँमा फेर्नु प¥यो ,स्वास्थ्य प्रमुख भण्डारीले भने,“गाडी नजाने सडकमा सडकका मजदुर र कर्मचारीले सहयोग गरे,मुश्किलले खोप मुस्ताङसम्म ल्याईपू¥यायौं ।’

पोखराबाट ढुवानी गरिएको कोरोना बिरुद्धको खोप मुस्ताङसम्म ल्याई पु¥याउन बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले ठुलो सहयोग गरेको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे । बक्समा कोल्ड स्टोर गरिएको खोप भारी वजनको भएकाले सडक सुपरभाईजर शेरचनले आफैले बोकेर सडक क्रस गराएको स्वास्थ्य प्रमुख भण्डारीको भनाई छ ।

“उहाले खोप सडक क्रस गराई ठुलो मद्यत गर्नुभयो,पैसा समेत लिनु भएन ,स्वास्थ्य प्रमुख भण्डारीले थपे“ उहाँसगै अरु सडक मजदुरले पनि थप सहयोग गरे ,जेनतेन कोभिड खोप मुस्ताङ ल्याउन सफल भयौ ।’

यस्तै,सडक सुपरभाईजरले शेरचनले आफुले भ्याक्सिन क्रस गराउन मानवीय सहयोग गरेको बताए । बेनी—जोमसोम सडक आयोजना सुरुआत देखिनै सडक सुपरभाईजरका रुपमा खटिएका शेरचनले बर्खायामको समयमा बर्सेनि सडक अवरुद्ध हुँदा सवारी साधन तथा पैदलयात्रीले निसङकोच सेवा गर्दैआईरहेको बताएका छन् ।
फोटो क्याप्सन ः
हिमाली जिल्ला मुस्ताङमा कोभिड खोप बोकेर सडक क्रस गराउदै सडक सुपरभाईजर ईन्द्रसिंह शेरचन

तपाईको प्रतिक्रिया