नागरिक समाजले माग्यो महामारीको हिसाबकिताब

समाधान संवाददाता २०७८ साउन ८ गते ११:०६

स्वास्थ्य निर्देशनालय गण्डकीसँग कोभिड १९ रोकथामका लागि भएका गतिविधि र खर्च सार्वजनिक गर्न आग्रह
सञ्जय रानाभाट
पोखरा – नागरिक समाजले गण्डकी प्रदेशमा कोभिड १९ को रोकथाम र खोप वितरण प्रभावकारी बनाउन माग गरेको छ । समाजले बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीसँग उक्त माग गरेको हो ।

समाजकोे प्रतिनिधि मण्डलले बिहीबार निर्देशानालयका निर्देशक डा खिमबहादुर खड्कालाई भेटेर छलफल गरेको थियो । कोभिड १९ रोकथामका बेला भएका गतिविधिको जानकारी सार्वजनिक गर्न समाजका अगुवा रामबहादुर पौडेलले माग गरे ।
स्वास्थ्य निर्देशनालय गण्डकीले गरिरहेका काम, कोरोना सुरु भएदेखि हालसम्म भएको खर्च सार्वजनिक गर्न पौडेल संयोजकत्वको टोलीले माग ग¥यो । उनीहरुले लक्षित वर्गको सट्टा खोप पहुँचवालाले पनि लगाउने भन्नेबारे सत्यतथ्य जानकारी गराउन पनि निर्देशक खड्काको ध्यानाकर्षण गराए । नागरिक अगुवा पौडेलले यसअघिका निर्देशक डा विनोदविन्दु शर्माले खर्चको हिसाबकिताब माग्दा उपलब्ध नगराएको गुनासो गरे ।

निर्देशक खड्काले पहिलो चरणमा उमेर समूह अनुसार सबै नागरिकलाई भेरोसेल खोप उपलब्ध गराइने जानकारी गराए । वैदेशिक रोजगारीमा जानेहरुलाई प्राथमिकतामा राख्ने पनि उनले सुनाए । भारतीय खोप कोभिसिल्डको पहिलो डोज लगाइसकेका नागरिकलाई जापानमा बनेको एस्ट्राजेनेका खोपको व्यवस्था मिलाउने उनको भनाइ थियो ।

Advertisement

‘खोप लगाउनबाट बन्चित गण्डकी प्रदेशका सबै नागरिकलाई खोपको व्यवस्था मिलाइनेछ,’ खड्काले भने । कोभिड १९ नियन्त्रण एवं रोकथामका लागि गरिएको बैठक र सेमिनारको खर्च विवरण १ हप्ताभित्र उपलब्ध गराइने प्रतिबद्धता खड्काले व्यक्त गरे ।

थुप्रै नागरिक खोप केन्द्र पुगेर घन्टांै लाइनमा बसेर फर्किनुपरेको नागरिक समाजका अगुवा पौडेलले बताए । भेरोसिल छुटेकालाई आइतबारदेखि लगाउन सुरु गरिने जानकारी निर्देशक खड्काले दिए ।

Advertisement

खोप अभियानमा नेपाल सरकार लागिपरेकाले भदौ÷असोजसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने खड्काले बताए । अरु प्रदेशभन्दा गण्डकी प्रदेश कोरोना खोपको रोकथाम तथा खोप वितरणमा अगाडि भएको उनको दाबी छ । ‘अमेरिकाबाट छिट्टै १ लाख २६ हजार जोनसोन खोप आउँछ । जोनसोनपछि फेरि हामी भेरोसेल लगाउँछौं । वडामा पहिला डाटा डन्ट्री गर्न लगाउँछौं,’ उनले भने, ‘पहिला ४९ वर्ष माथिकालाई लगाउँछौं । पुगेसम्म १८ वर्षमाथिका सबैलाई पु¥याउँछौं ।’
नागरिक समाजले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसमेत पुगी त्यहाँको गतिविधि पनि बुझेको थियो । कोरोना रोकथाममा भइरहेका काम, अस्पतालको सिटी स्क्यान र बन्दै गरेको अक्सिजन प्लान्टका बारेमा अस्पतालका निर्देशक भरतबहादुर खत्रीसँग नागरिक समाज टोलीले जानकारी लिएको हो ।


लामो समयदेखि सञ्चालनमा नआएको सिटी स्क्यान अब ९० दिनभित्र सञ्चालनमा आउने निर्देशक खत्रीले बताए । निर्देशक खत्रीले एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले अक्सिजन प्लान्ट पठाएको जानकारी पनि दिए । ‘अक्सिजन प्लान्ट छिट्टै जडान गर्छाैं, अहिले अस्पतालमा रेट्रो फिटिङको काम चल्दै छ,’ उनले भने, ‘अब अस्पताल नयाँ तरिकाबाट अगाडि बढ्छ । अहिले कोरोना रोकथामका लागि टोकन लिएर सेवा दिइरहेका छौं ।’

तपाईको प्रतिक्रिया