पोखरा म्याराथनलाईसहयोग

समाधान संवाददाता २०७८ साउन १४ गते १३:५०

पोखरा–नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङबाट खेलप्रेमी नेपाली युवाले आर्थिक सहयोग गरेका छन् ।पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका युवाले गत वैशाखमा भएको १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गरेका हुन् ।

पाखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३ सय नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । हङकङ स्थित तेक्वान्दो खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर, हिमाल रानाले १ हजार हङकङ डलर, नयनसिंह गुरुङ (कान्छा)ले ५ सय हङकङ डलर, कृष्ण गुरुङले ३ सय ५० हङकङ डलर र दीपक गुरुङले ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको मञ्चका महासचिव खेम गुरुङले बताए ।

सहयोग रकम महासचिव गुरुङले पाखरेली हङकङ गाइजको तर्फबाट कावा अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेका हुन् । मञ्चका कावा अध्यक्ष पराजुलीले सहयोगका लागि पाखरेली हङकङ गाइजलाई आभार प्रकट गरे । विदेशमा वस्ने नेपालीहरुले कोभिड १९को यस्तो जोखिमको बेलामा समेत पोखरा म्याराथनलाई माया गरी सहयोग गर्नु सराहनीय रहेको भन्दै अब मञ्च १६ औं संस्करणको पोखरा म्याराथनको तयारीमा जुट्ने बताए ।पोखरेली हङकङ गाइजले अघिल्लो संस्करणका लागि १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया