मानुषी लघुवित्तको सेयर २७ गतेदेखि

समाधान संवाददाता २०७८ साउन २५ गते १२:२०

समाधान संवाददाता

काठमाडौं -मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) खुला गर्ने भएको छ । ३ लाख ६८ हजार ५ सय ९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताका लागि संस्थाले छुट्याएको छ ।


उक्त आइपिओ छिटोमा साउन ३१ गते बन्द हुनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । संस्थाले साधारण सेयर निष्कासन गर्न वैशाख १३ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको थियो । कम्पनीको उक्त आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

Advertisement


मानुषी लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२६.६३ प्रतिशतले धेरै हो । चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ छ ।

Advertisement

तपाईको प्रतिक्रिया