मुस्ताङको जोमसोममा सडक भाँसिदा सयौं सवारी साधन अलपत्र

समाधान संवाददाता २०८० चैत २५ गते १२:२७

जोमसोम— उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडक अन्तर्गत जोमसोम सडक आईबार बिहान भाँसिंदा सयौं सवारी साधन अलपत्र परेका छन् । गौरवको सडक अन्तर्गत बेनी—जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको दुरीमा पर्ने घरपझोङ—४ जोमसोमको मुस्ताङ अस्पताल नजिकको सडक भाँसिएको हो ।
बेनी—जोमसोम—कोरला सडक आयोजनासंग २०७४ सालमा ठेक्का सम्झौता भएको खन्ती—जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिना अघि करिव १ सय मिटर सडक भाँसिएको थियो । त्यहाँ कालिगण्डकी नदी देखि करिव ५० मिटरतलबाटै सडक भाँसिएको थियो । भाँसिएको स्थानमा एकतर्फी रुपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाईएकोमा त्यहा फेरी पून ः सडक भाँसिएको हो ।
चैते दशै औसी तिथिमा दिवंगत पितृको नाममा श्राद्ध गर्ने,तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौं तिर्थयात्री अहिले जोमसोममा अलपत्र परेका छन् । सडक भाँसिएर सडक आवागमन बन्द हुँदा पुथाङ एअरपोर्टदेखि जोमसोम बसपार्कसम्मको दुरीमा सयौं सवारी रोएिकर गन्तव्यमा पुग्न सकेका छन् ।
यसअघि जोमसोममा भाँसिएको सडक यथाशिघ्र निर्माण गरी सडक स्तरोन्नति गर्नुपर्ने भन्दै स्थानीय संञ्चारकर्मीले संम्वन्धित सरोकारवाला समक्ष ध्यानआर्कर्षण गराएका थिए । तर, निर्माण कम्पनीको चरम लापारवाही र ढिलासुस्तीले भाँसिएको सडक स्तरोन्नति हुन सकेको थिएन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोमसोममा सडक भाँसिएर सडक अवरुद्ध भएको जानकारी दिए । उनले अहिले भाँसिएको सडकमा माटो फिलिङ गरी कामचलाउन गरी सडक आवागन खुलाउने प्रयास भईरहेको बताए ।
जोमसोममा भाँसिएको सडकमा निर्माण कम्पनीले पर्यटकीय सिजनका बेला सडक बनाउन थालेपछि त्यसको भाईब्रेसनले सडक जोखिममा परेको हो । निर्माण कम्पनीको लापारवाहीले सडकसंगै त्यहाँ रहेका केही घरहरु समेत जोखिममा परेका छन् ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकको चौथो खण्ड पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया