टिभिएस एक्चेन्ज भाेलीसम्म

समाधान संवाददाता २०७८ भदौ ३ गते १९:५८

समाधान संवाददाता
पोखरा- पोखराका लागि टिभिएसको आधिकारीक बिक्रेता बतास ब्रदर्समा जारी बाइक तथा स्कुटर एक्सचेन्ज बिहीबार सकिँदै छ । बजारमा अत्यधिक रुचाइएको टिभिएस स्कुटर तथा अपाचे मोटरसाइकलको साउन २७ गतेबाट मेगा एकचेन्ज अफर सुरु भएको थियो ।


७ दिनसम्म चलेको अफरमा २ सय ९६ बाइक तथा स्कुटरलाई एक्सचेन्ज भएको टिभिएस प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । १५ हजार थप मूल्यांकन गर्ने गरी एक्चेन्ज अफर ल्याइएको हो ।


पोखरा क्षेत्रमा अत्याधिक रुचाइएको टिभिएस स्कुटर र मोटरसाइकल दैनिक ३५ भन्दा बढी बिक्री हुन्छ । पोखरेल भन्छन्, ‘नम्बर वान ब्रान्ड भएकाले सबैले यस्को फाइदा लिन सक्छन् । आज अन्तिम दिन हो । चलिरहेको अफरलाई सबैले आएर उपभोग गर्न सक्छन् ।’ टिभिएसका बाइक तथा स्कुटर आकर्षक र उच्च माइलेज भएकाले ग्राहकले मन पराएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया