रतनपाण्डेमा ६ लाखको अक्षयकोष स्थापना

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:२९

समाधान संवाददाता
पोखरा-पोखरा १३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्र्थीका लागि शिक्षण सिकाइमा सघाउने उद्देश्यका साथ बिहीबार नगद ६ लाखको अक्षयकोष घोषणा भएको छ ।


पोखरा१३ आर्बा स्थायी बसोबास भई हाल काठमाडौंमा रहेका मधुप्रसाद बराल र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी गुरुप्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोषका लािग रकम विद्यालयलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।


कार्यक्रममा पोखरा १३ का वडाअध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले सबैको साथ, सहयोग र योगदानले मात्र विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासमा टेवा पुग्ने बताए । उनले सम्पूर्ण आर्बालीको लामो योगदानबाट विद्यालय अहिलेको स्थितिसम्म आइपुगेको बताए ।

Advertisement


अक्षयकोषदाताको तर्पmबाट संरक्षक मधुप्रसाद बरालले धेरै विद्यालयका बीचमा पनि रतनपाण्डेमा अक्षयकोष स्थापना गरी सार्वजनिक शिक्षाको सबलीकरणमा टेवा पु¥याउन पाएकोमा खुसी व्यक्त गरे ।

अक्षयकोषदाता विन्ध्वेश्वरी बराल, दान उत्प्रेरणाका लागि सहजीकरण गर्ने कृष्णप्रसाद बराल, समाजसेवीहरु पोषराज बराल, किरण बराल, सुविता आचार्य, प्रतुश बराल, हरिश्चन्द्र सिग्देल, सुभाष सिग्देल, केदारनाथ सिग्देल, शरदकान्त सिग्देल, शोभाकान्त सिग्देल, वृहष्पति सापकोटा, विष्णुमाया सापकोटा लगायतले विद्यालयले गरेको पछिल्लो शैक्षिक सुधारबाट प्रभावित भएर सो अक्षयकोष स्थापना गरिएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बराल, सदस्य विनोद बराल लगायतले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अक्षयकोष स्थापना गरेकोमा आभार व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया