खुँदीखोलाले बगाएर मृत्यु

समाधान संवाददाता २०७८ भदौ १९ गते १२:१५

समाधान संवाददाता

पोखरा, १८ भदौ (समाधान)–पोखरा महानगरमा खोलाले बगाएर शुक्रार १ जनाको मृत्यु भएको छ । बिहान ११ बजेतिर पोखरा ३२ को खुँदी खोलाले वर्ष ६० का रमेश मगरलाई बगाएको थियो ।


खोला गरी गगौनगौडा जान लागेका उनलाई बगाएर खोलाले ६० मिटर तल पु¥याएपछि मगर रुखमा अड्किएका थिए । उनलाई उद्धार गरी उपचारका लागि शिशुवा अस्पताल लगिएकोमा साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको
प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया