लेखनाथ उद्योग वाणिज्य संघ चुनाव

पर्यटन र कृषिबाट लेखनाथको समृद्धि: धीरजकुमार श्रेष्ठ

भीमपाणि बराल २०७८ असोज १ गते १९:३९

सामूहिक व्यवसायिक ऐक्यवद्धता, आर्थिक रुपान्तरण आजको आवश्यकता’ भन्ने चुनावी नारा लिएर संघको १३ औं महाधिवेशनमा उपमहासचिव पदका लागि मैदानमा छन् धीरजकुमार श्रेष्ठ । युवाले स्वदेशमा नै व्यवसाय गरी रोजगार सिर्जना गर्नुपर्ने धारणा राख्ै उनी मतदाताको घरदैलोमा छन् । श्रेष्ठले युवा लक्षित कार्यक्रम ल्याएर देशमा समृद्धि ल्याउनुपर्ने बताए ।


निर्माण व्यवसाबाट २०७४ सालमा संघको कार्यसमिति सदस्य बनेका उनी त्यसयता २ पटक संघमा दोहोरिए । श्रेष्ठ लेखनाथलाई पर्यटन र कृषिबाट माथि उठाउन सकिने तर्क गर्छन् । व्यवसायी, उद्योगीको चुनाव भएकाले राजनीतिक स्वार्थ नल्याउन आग्रह गरेका उनले मतदाताले विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया