लेखनाथ उद्योग वाणिज्य संघ चुनाव

महिलालाई व्यवसायी बनाउन पहल गर्छुः मेनुका श्रेष्ठ

भीमपाणि बराल २०७८ असोज १ गते १९:४६

संघको इतिहासमा नै पहिलो पटक महासचिव पदमा उम्मेदवारी दिने महिला हुन् मेनुका श्रेष्ठ । २०७० मा कार्यसमिति सदस्य हुँदै संघमा प्रवेश गरेकी उनी ३ कार्यकाल कार्यसमिति सदस्य बनिन् । यहाँसम्मको अनुभवलाई संघको हितमा लगाउन महासचिवमा मतदाताले आफूलाई जिताउने उनले विश्वास व्यक्त गरिन् ।


‘सृजनशीलता र उद्यमशीलता, आर्थिक समृद्धि, सामाजिक रुपान्तरणको आवश्यकता’ भन्ने नारा लिएर मतदातासम्म पुगेकी उनी महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्वरोजगार तथा व्यवसायी बनाउने प्रतिवद्धता गर्छिन् । हस्तकला व्यवसायको माध्यमबाट संघमा प्रवेश गरेकी श्रेष्ठले व्यवसायीका समस्यालाई बुझेर सरोकारवालाको ध्यानाकर्षण गर्न आफूलाई जनाइन् ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया