पाेखराका मेयरकाे स्वास्थ्य अपडेट

आज अन्तिम शल्यक्रिया

अर्काे हप्ता पाेखरा आउने

समाधान संवाददाता २०७८ असोज ४ गते ९:२९

पाेखरा । पाेखरा महानगर पालिकाका मेयर मानबहादुर जिसीकाे अन्तिम शल्यक्रिया आज हुँदैछ । मष्तिस्कघातका कारण २ महिनादेखि राजधानीमा उपचाररत मेयर जिसीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भएकाे निष्कर्षसहित चिकित्सककाे टाेलीले अन्तिम शल्यक्रियाकाे तयारी गरेकाे हाे ।

मेयर जिसीकाे बाँसबारीस्थित न्यूराे हस्पिटलमा विहान ९ बजेपछि कार्निओप्लाष्टी शल्यक्रिया हुन लागेकाे उनका जिसीका प्रेस संयाेजक माधव बरालले समाधानलाई जानकारी दिए ।

कार्निओप्लाष्टी सर्जरी भनेकाे टाउकाेकाे माथिल्लाे भागकाे हड्डी प्रत्याराेपण गर्ने हाे । मतिष्तस्कघातका कारण टाउकाेकाे भित्री भाग सुन्निएपछि साे हड्डी बाहिर निकालेर उपचार गरिएकाे थियाे । भित्री घाउ ठिक भएपछि साे हड्डी प्रत्याराेपण गर्न गरिन्छ ।

Advertisement

फिजियाेथेरापी जारी राख्नु पर्ने भएपनि अन्य उपचार अब पुरा भएकाे बताउदै प्रेस संयाेजक बरालले मेयर जिसी अर्काे हप्ता पाेखरा आउने जानकारी दिए ।

गत साउन १ गतेदेखि बिरामी मेयर जिसीलाई साेही दिन हेलिकाेप्टरबाट काठमाण्डाैं लगिएकाे थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया