पोखरामा कुकुर र महिला एउटै डोरीमा झुन्डिएको भेटिए

समाधान संवाददाता २०७८ असोज ४ गते १४:००

पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोला भन्ने ठाउँमा एकजना महिला रुखमा झुन्डिएर मरेको फेला परेकी छन् । उनी झुन्डिएको डोरीमा कुकुर पनि मृत फेला परेको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार सोमबार बिहान ७ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

Advertisement

पहिला कुकुरलाई झुन्ड्याएर ती महिला आफू पनि त्यही डोरीमा झुन्डिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

स्थानीयलाई उदृत गर्दै प्रहरीले बताए अनुसार मादक पदार्थकी अम्मली ती महिलासँग अरु बेला पनि उक्त कुकुर अघिपछि हिँडिरहन्थ्यो ।

Advertisement

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । महिलाको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया