अर्थ वाणिज्य

मुस्ताङको स्याउ धमाधम बजार ढुवानी गरिदै

असोज महिना लागेपछि मुस्ताङका बगैचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य

सुन्दरकुमार थकाली २०७८ असोज ४ गते २२:३७


जोमसोम— हिमाली जिल्ला मुस्ताङमा उत्पादित यसवर्षको स्याउ धमाधम बजार ढुवानी गरिदै छ । यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाईने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो ।

मुस्ताङका अधिकाश बगैचाका स्याउहरु कृषकहरुले ठेक्का मार्फत ब्यापारीहरुलाई बिक्री गर्ने गरेको र ब्यापारीहरुले संकलन गरेका स्याउ पोखरा÷काठमान्डौ लगायतका स्थानमा बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य भईरहेको छ ।कार्यालय प्रमुख बस्ताकोटीले गतवर्षको तुलनामा मुस्ताङमा ५१ सय मेट्रिक टन स्याउ फलेकोमा यो वर्ष ५ प्रतिशत स्याउ वृद्धि हुन सक्ने अनुमान गरे ।

समुन्द्री सतहदेखि २५ सय मिटरदेखि ३८ सय मिटर अग्लो उचाईको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउको डिमाण्ड सहर÷बजारमा बढ्दो छ ।तर ,विगतका बर्षहरुमा मुस्ताङको स्याउ ब्यापारीहरुले नपाक्दै तिज पर्वको मेलो छोपेर बजार पु¥याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोत्ताले प्रश्न उठाउने गरेका थिए ।

Advertisement

बोटमा स्याउ नपाक्दै टिप्न नपाईने जिल्ला तहबाट निर्णय भएपछि यसवर्ष असोजबाट धमाधम स्याउ टिप्न थालिएको हो । आसन्न दशै पर्व अगावै मुस्ताङको ७५ प्रतिशत स्याउ ब्यापारीहरुले बजार पू¥याउने अनुमान गरिएको छ । जसमध्ये १५ प्रतिशत स्याउ जिल्ला भित्रै खपत हुने र १० प्रतिशत स्याउ प्रशोधन गरी ब्रान्डी ,वाईन ,जुस र ड्राई स्याउको परिकार बनाईने गरिन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोर समेत निर्माण भईसकेकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको ताजा स्याउ चाख्न पाउने छन् ।

स्याउ विकशित भएपछि स्याउको गुणस्तर वृद्धि हुनुको साथै स्याउको स्वादमा रसिलो र स्वादिष्ट हुने भएकाले पछिल्लो समय मुस्ताङका कृषक तथा ब्यापारीलाई असोज अगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको हो । तर,केही ब्यापारीले भने ठेक्का मार्फत बैना पट्टा गरेका बगैचाको स्याउ अटेर गरी बजार पु¥याएका थिए । यद्यमी विगत वर्षमा मुस्ताङको स्याउ पूर्ण रुपमा बोटमा नपाक्दै ठुलो मात्रा बजार पु¥याउने गरिएकोमा यसवर्ष भने त्यसमा न्युनिकरण हुँदै गईरहेको छ ।

Advertisement

मुस्ताङमा स्याउ टिप्ने मिति सुरु भएसंगै मुस्ताङको टुकुचे,सौरु,कोवाङ,मार्फा,चिवाङ,छैरो ,स्याङ ,जोमसोम,ठिनी,ढुम्बा,कागबेनी,तिरी ,फल्याक,झोङ,मुक्तिनाथ,ताङ्वे ,छुसाङ र चैले लगायतका स्थानमा कृषकले उत्पादिन गरेको स्याउ बगैचाबाट धमाधम टिप्ने र बजार पू¥याउने कार्य भईरहेको छ ।पोखराका स्याउ ब्यापारी मनोज क्षेत्रीले मुस्ताङको स्थानीय स्याउ ब्यापारी तथा कृषकसंग समन्वयन गरी धमाधम पोखरा ल्याउने काम भईरहेको जानकारी दिए । उनले मुस्ताङमा संकलन गरी पोखरा झारिएको स्याउ पोखरामा जम्मा गर्न भईरहेको बताए ।
मुस्ताङमा असोज अगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको र स्याउको गुणस्तर र बजारमा नकारात्मक असर पर्ने भएकाले यो वर्ष असोज अघि मुस्ताङको स्याउ बजार झार्ने काम बन्द गरेको उनको भनाई छ ।उनले भारत तथा चाईनाबाट आायातित स्याउ भन्दा स्वदेशमै फलेको स्याउलाई बजारिकण गरी स्याउ प्रर्वद्धनमा जोड दिनु पर्ने जनाए ।

बर्सेनि स्याउ खरिद गर्न धादिङ,रुकुम,पोखरा ,म्याग्दी लगायतका ब्यापारी मुस्ताङ आउने गर्छन ।यसरी स्याउ खरिद गर्ने ब्यापारीले मुस्ताङको आलु समेत बजार पू¥याउने गरेका छन् । पछिल्लो समय मुस्ताङमा स्याउ उत्पादनको क्षेत्र समेत वृद्धि हुँदै जान थालेको छ । स्थानीयले खेर गएका सरकारी बाझो जग्गामा समेत सामुदायिक स्याउ खेती गरिएकाले स्याउको क्षेत्रफल बढेको जनाएको छ । यातायात सडक सञ्जाल सहज हुँदै जान थालेपछि मुस्ताङका कृषक कृषि ब्यवसायमा आत्मनिर्भर हुन थालेका हुन् । मुस्ताङका सामान्य देखि बृहत स्याउ खेती गर्ने किसानले बर्सेनि १ लाखदेखि करौंडौ रुपैयाको स्याउ बजारमा बिक्री गर्ने गरेको पाईएको छ ।

संघ तथा प्रदेश र स्थानीय तहको अनुदान सहयोगमा मुस्ताङमा गतवर्ष २० हजार छिटो÷छरितो उत्पादन दिने उच्चघनत्वको स्याउ बिरुवा उपलब्ध गराईएको थियो ।मुस्ताङमा १६ सय हेक्टरमा स्याउ खेती गरिएको र ६ सय हेक्टर जमिनमा लगाइएको स्याउ बोटले मात्र उत्पादन दिने गरेको जनाईएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया