महाेत्सव

पाेखरामा असोज ११ गते मिनी सडक महोत्सव

समाधान संवाददाता २०७८ असोज ९ गते १८:१७

पोखरा- रेन्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान)पोखराले १ दिने सडक महोत्सव गर्ने भएको छ । एसोसियसनले शनिबार पत्रकार सम्मेलन गर्दै मिनी सडक महोत्सव गर्ने घोषण गरेको हो ।


असोज ११ गते विश्व पर्यटन दिवसको अवसरमा महोत्सव गर्न लागेको रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले बताए । कोभिड १९ का कारण १८ महिनादेखि ठप्प गरेको पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो ।


अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न वडा कार्यालयदेखि जिल्ला प्रशासनबाट समेत अनुमति पाएको बरालले सुनाए । ‘पर्यटन क्षेत्र अब विस्तारै चलायमान बनाउँदै लैजानुपर्छ । ढिला भयो भने यो क्षेत्र धरापमा पर्न सक्ने सम्भावना बढी छ,’ उनले भने ।

Advertisement


महोत्सव मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखराले उद्घाटन गर्ने छन् । कोरोना संक्रमणको जोखिम पूर्णरुपमा नियन्त्रण नभएको अवस्थामा स्वास्थप्रति सजग भई व्यवासयिक क्रियाकलाप गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । महोत्सव लेकसाइडको बाराही चोकदेखि खहरे चोकसम्म साँझको ५ बजेबाट राति १० बजेसम्म चल्नेछ ।


महोत्सवमा क्षेत्रमा सवारी साधनलाई रोक लगाइएको छ । आपतकालीन अवस्थामा प्रयोग हुने दमकल, एम्बुलेन्स, प्रहरीका सवारी साधनलाई भने सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइनेछ ।

Advertisement


सांस्कृतिक कार्यक्रम, चर्चित सांगीतिक समूह लक्ष्य ब्यान्ड र हिमाली सांकृतिक समूहको प्रस्तुति रहेनछ । साथै, नेवार समुदायको लाखे नाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित स्टिक डान्स, गन्धर्व समुदायको सारंगीवादन जस्ता संस्कृतिक कार्यक्रम महोत्सवमा प्रस्तुत गरिनेछ ।


महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार राखिने पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । यसै दिन विश्व पर्यटन दिवस पोखरामा मनाउन विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका उच्च पदस्थ कर्मचारी पोखरामा आउने भट्टराई बताउँछन् । महोत्सवमा गर्न ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको रेवान सचिव भीष्मराज पौडेल बताए ।

तपाईको प्रतिक्रिया