पर्यटन गन्तब्य खुल्दै

असाेज २३ गतेदेखि पाेखरा–जाेमसाेम नियमित उडान

समाधान संवाददाता २०७८ असोज १२ गते १६:२१

पाेखरा ।

काेराेना महामारीपछि बन्द रहेकाे पाेखरा–जाेमसाेम–पाेखरा नियमित हवाई सेवा दशै अघिदेखि सुचारु हुने भएकाे छ । नीजि क्षेत्रकाे हवाई सेवा कम्पनी तारा एअरले यही असाेज २३ गतेबाट नियमित उडान गर्ने घाेषणा गरेकाे छ । तारा एअर यति एअरकाे भगिनी कम्पनी हाे ।

काेराेनाकाे कारण मुस्ताङकाे प्रमुख पर्यटकीय स्थल मुक्तिनाथ मन्दिर बन्द रहेकेा र विदेशी पर्यटककाे आवागमन पनि ठप्प रहेकाले देशका अन्यभागमा हवाई सेवा सञ्चालन भैसकेकाे भएपनि जाेमसाेमा नियमित उडान भएकाे थिएन् ।

Advertisement

दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको हाे । त्याे बेलासम्म केही मात्रामा विदेशी पर्यटक पनि नेपाल आउन सक्ने अपेक्षा गरिएकाे छ ।

कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको कम्पनीका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताएका छन् ।

Advertisement

उनका अनुसार अनुसार चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागिएको हो । जहाज पोखरा विमानस्थलमा नै राखिने छ । जाेमसाेममा तारा एयरको १९ सिटे बिचक्राफ्ट विमानले उडान भर्छ।

लकडाउन अघिकाे याे सिजनमा पाेखरा जाेमसाेम यात्रुकाे निकै चाप हुन्थ्याे । विगतमा माैसमले साथ दिएकाे दिनमा दैनिक १५ भन्दा बढी उडान हुने गर्थे । जाेमसाेममा तेज हावा लाग्ने भएकाले विहान १२ अघिसम्म उडान हुने गर्छ ।

तपाईको प्रतिक्रिया