दशैका लागि मुस्ताङबाट १२ हजार भेडा—च्यांग्रा बाहिरिए

कोठामा बसेर पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराईनु अवैधानिक

सुन्दरकुमार थकाली २०७८ असोज २२ गते १०:३३


जोमसोम—नजिकिदै गरेको हिन्दुहरुको महान पर्व बडा दशैलाई लक्ष्य गरी यसवर्ष हिमाली जिल्ला मुस्ताङबाट करिव १२ हजार भेडा÷च्यांग्रा बाहिरिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमले जनाएको छ । कार्यालयबाट गरिएको भेडा—च्यांग्रा अनुगमनका क्रममा उक्त सख्यामा भेडा—च्यांग्रा मुस्ताङबाट बाहिरिएको अस्पतालका पशु प्राविधधिक ऋषिराम पौडेले दावी गरे।
भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले १२ हजार भेडा—च्यांग्रा जिल्लाबाट बाहिरिएको दावी गरेपनि जिल्लामा भेडा—च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र बनाउने पशु चिकित्सकको रेकर्डमा जम्मा ६ हजार ३ सय ३६ गोटा भेडा—च्यांग्रा तथ्याङ्क छ ।परियोजना कार्यान्वयन ईकाई,स्याउ जोन मुस्ताङमा कार्यरत पशु चिकित्सक डा. सुधिर थापा,थासाङ गाउपालिकाका पशु चिकित्सक अनुप श्रेष्ठ र धौलागिरि प्राविधिक शिक्षालय लेतेकी पशु चिकित्सक शान्त्वना शेरचनले मुस्ताङबाट बाहिरिएका भेडा—च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमले जानकारी दिएको छ ।

कार्यालयका अनुसार स्याउ जोनका पशु चिकित्सक डा. सुधिर थापाले ५१ सय,धौलागिरि प्राविधिक शिक्षालयकी पशु चिकित्सक शान्त्वना शेरचनले ११ सय र थासाङ गाउपालिकाका पशु चिकित्सक अनुप श्रेष्ठले १ सय ३६ वटा भेडा—च्यांग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराएका थिए । मुस्ताङको थासाङ र जोमसोममा तीन जना पशु चिकित्सकले पेश गरेको तथ्यांकमा जम्मा ६ हजार ३ सय ३६ वटा च्यांग्रा बाहिरिएको भएपनि भेडा—च्यांग्रा ब्यापारीले भने सम्वन्धि निकायलाई बास्तबिक सख्या नबुझाएको पशु प्राविधिक पौडेलले उल्लेख गरे ।

’ पशु चिकित्सकले कोठामा बसेर च्यांग्रा नहेरी प्रमाणपत्र दिए ,फिल्डको अनुमगन भएन,’ पशु प्राविधिक पौडेलले भने,‘ प्रति भेडा—च्यांग्राको सख्या अनुसार शुल्क तिर्नुपर्ने हुन्छ , त्यसैले ब्यापारीले आधाको मात्र सख्या बताए,आधाजसोको तथ्यांक लुकाए ।’ उनले कोठामा बसेर पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराईनु अवैधानिक र उपभोक्ताको हितमा नरहेको बताए

Advertisement

उपल्लो मुस्ताङका सीमावर्तीका गाउँका भेडा—च्यांग्रा र डोल्पाबाट मुस्ताङ झारिएका भेडा—च्यांग्रा खरिद गर्न जिल्ला बाहिरका ब्यापारी मुस्ताङको जोमसोम आएका थिए । कतिपयले ट्रकमा ढुवानी गरी पोखरा पु¥याईसकेका छन् भने कतिपय ब्यापारीले पैदल मार्ग हुँदै पोखरा झारिरहेका छन् ।विश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विगत २ वर्षदेखि उत्तरी कोरलानाका शिल छ । कोरनाका कारण चिन पक्षले आयाता÷निर्यात लगायतमा कडाई गरेपछि तिब्बतबाट भेडा—च्यांग्रा मुस्ताङ आउन नसकेको हो । डोल्पामा समेत भेडा—च्यांग्रा तिब्बतबाटै ल्याईने गरिन्थ्यो । दुबै जिल्लामा तिब्बती भेडा—च्यांग्रा आउन नसकेपछि दशैका लागि भेडा—च्यांग्राको अभाव हुन पुगेको मुस्ताङका ब्यापारी कान्छा गुरुङले जानकारी दिए ।तिब्बतबाट च्यांग्रा नआएको स्थानीय पशुपालकले खोरमै मुल्य बढाएकाले च्यांग्राको मुल्य बढी हुन पुगेको बताए ।

यसवर्ष मुस्ताङमै च्यांग्राको मुल्य बढी भएपछि कतिपय ब्यापारी रित्तै फकिएको पोखराका ब्यापारी लालबहादुर गुरुङले बताए । मुस्ताङको जोमसोम झरेका च्यांग्राको मुल्य सुरुआती चरणमा ४० हजारदेखि ४५ हजार सम्म कायम रहेपनि अन्ततः ब्यापारीहरुले ३० देखि ३५ हजारसम्ममा बिक्री गरेको जोमसोमका स्थानीय भुपेन्द्र शेरचनले जानकारी दिए ।

Advertisement

हिमाली जिल्ला मुस्ताङको चिसो हावापानीमा हुर्काईएको भेडा—च्यांग्रा स्वादिलो र पोषिलो हुने भएकाले दशैका बेला भेडा—च्यांग्राको माग बढी हुने गर्छ । भेडा—च्यांग्राले उच्चलेंकमा पाईने जटिबुटी तथा बनस्पती सेवन गर्ने भएकाले हिमालीक्षेत्रमा पाईने भेडा—च्यांग्राको महत्व झनै बढेको हो । शहर÷बजारका उपभोक्ताले अन्य समयमा जेजस्तो भएपनि दशैका बेला मुस्ताङी भेडा—च्यांग्रा खानै पर्ने मान्यता राख्दछन् ।
फोटो क्याप्सन ःउपल्लो मुस्ताङ र डोल्पाबाट झरेका भेडा—च्यांग्रा । तस्विर ःसुन्दरकुमार थकाली ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया