प्रधानमन्त्रीकाे पाेखरा भ्रमण

प्रधानमन्त्री देउवा आज पाेखरामै बस्ने, के के गर्दैछन् दिनभर ? (कार्यक्रमसहित)

समाधान संवाददाता २०७८ असोज २४ गते ८:२३

पाेखरा ।

प्रधानमन्त्र बनेपछि पहिलाे पटक गण्डकी प्रदेशकाे राजधानी पाेखरा आउन लागेका प्रधानमन्त्री देउवा आज पाेखरा मै बस्ने भएका छन् । उनी भाेली मात्र राजधानी फर्कने कार्यक्रम छ ।

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घाेषणा गर्ने कार्यक्रममा प्रमुख अतिथि बनेर आउने देउवाले पाेखरा बसाईलाई थप उपलब्धि मुलक बनाउन अन्य कार्यक्रममा पनि सहभागी बन्दैछन् । देउवा निकट श्राेतका अनुसार प्रधानमन्त्री प्रदेश सरकारकाे र कांग्रेस पार्टीकाे कार्यक्रमका अतिरिक्त आफ्नाे गुटकाे गतिविधिमा पनि सहभागी हुँदैछन् ।

Advertisement

आसन्न १४ ‍औं महाधिवेशनमा कांग्रेस सभापिमा उम्मेद्वार बन्ने गरी तयारी गरिरहेका देउवा गण्डकी प्रदेशमा सबैभन्दा कमजाेर छन् । बरिष्ठ नेता रामचन्द्र पाैडेलकाे क्षेत्र भएकाले पनि उनी यहाँ कमजाेर छन् । त्यसकारण पनि देउवाले पाेखरामै बस्ने कार्यक्रम बनाएकाे बताइएकाे छ ।

के के गर्दै छन् त देउवाले पाेखरा बसाईमा

Advertisement

विहान १० बजे काठमाण्डाैंबाट हेलिकाेप्टरमा पाेखराका लागि उड्ने देउवा ११ बजेसम्म पाेखरा एअर पाेर्ट आउने कार्यक्रम छ । त्यहाँ गण्डकी प्रदेश सरकार र कांग्रेसका नेता कार्यक्रताले भब्य स्वागत गर्ने छन् ।

देउवाकाे पहिलाे कार्यक्रम पाेखराकाे नयाँ बजारमा रहेकाे प्रदेश संग्राहलयकाे उद्घाटन गर्ने कार्यक्रम छ । नयाँ बजारमा रहेकेा संग्राहलयलाई गण्डकी प्रदेश सरकारले प्रदेश संग्राहलय नामाकरण गरेकाे छ ।

संग्राहलयबाट प्रधानमन्त्री देउवा सिधै पाेखरा सभागृहमा आयाेजना गरिएकाे कार्यक्रममा जानेछन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घाेषणा गर्ने प्रधानमन्त्रीकाे पाेखरा आगमनकाे मुख्य कार्यक्रम हाे ।

याे कार्यक्रम सकेपछि देउवा नेपाली कांग्रेस वडा १७ समितिले विराैटा आयाेजना गरेकाे अभिनन्दन समाराेहमा सहभागी हुनेछन् । समाजसेवी एवं‌ स्वतन्त्रताका सेनानी लिलाभक्त आचार्यलाई अभिनन्दन गर्ने कार्यक्रम राखिएकाे नेपाली कांग्रेस वडा नम्बर १७ का सभापति देवराज आचार्यले जानकारी दिए । प्रधानमन्त्री देउवा दिउसाे ३ बजे त्यहाँ जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीकाे बसाइकाे व्यवस्था राष्ट्रबैंककाे गेष्ट हाउसमा गरिएकाे छ । साेही गेष्ट हाउसमा देउवाले कार्यकर्ता भेटघाट गर्ने छन् । उनी भाेलि मात्रै राजधानी फर्कने कार्यक्रम छ । फर्कनु अघि प्रधानमन्त्रीले पाेखरामा निर्माणाधिन पाेखरा अन्तराष्ट्रिय विमानस्थलकाे अवलाेकन गर्ने सम्भावना समेत रहेकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया