दोहोरी प्रतिष्ठान कास्कीको सभा

समाधान संवाददाता २०७८ असोज २५ गते ११:१५

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको २० औं साधारण सभा शनिबार भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले प्रतिष्ठानले आयोजना गर्ने रचनात्मक र सकारात्मक काममा सहयोग गर्ने प्रतिवद्धता गरे ।


प्रतिष्ठानले नेतृत्व विकाससँगै समय ज्यवस्थापन जस्ता तालिम आयोजना गरी प्रतिष्ठनमा आवद्ध सदस्यलाई सकारात्मक र रचनात्मक कार्यमा लगाउनुपर्ने बताए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका प्रमुख संरक्षक प्रजापति पराजुलीले राजनीतिक हिसाबले सबैलाई समान हुने गरी अघि बढेको खण्डमा जुनसुकै पार्टीको सरकार आए पनि प्रतिष्ठानले लाभ लिन सक्ने बताए ।


प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङले कोरोना महामारीका कारण २ वर्षसम्म प्रतिष्ठानले गर्नुपर्ने हुन नसकेको सुनाए । सो अवसरमा लोकदोहोरी गायिका माया गिरीलाई सम्मान गरिएको थियो भने प्रतिष्ठान जिल्ला समितिका उत्कृष्ट वर्ष सदस्य भानुभक्त पौडेल, वर्ष उत्कृष्ट अनुशासित सदस्य प्रकाश बराल पनि सम्मानित भए ।

Advertisement


सभामा प्रतिष्ठानका सचिव माधव चापागाइले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सविना गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रममा प्रतिष्ठानका निवर्तमान केन्द्रीय महासचिव चोलेन्द्र पौडेल, सम्मानित व्यक्तित्व माया गिरी, केन्द्रीय सचिव जीवन दाहाल, केन्द्रीय सदस्य सरला पाण्डे, प्रतिष्ठान प्रर्वतका अध्यक्ष दीपक गदाल, कास्की पूर्वअध्यक्ष केशव देवकोटा, वसन्त बास्तोला, सञ्चारकर्मी श्याम कुँवर, प्रतिष्ठान कास्की अध्यक्ष टेक क्षेत्री लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया