साफ च्याम्पियनसिप प्रतियाेगिता

आज फुटबलमा इतिहास रच्ने दिन, देशले पाउला त दसैं उपहार !

समाधान संवाददाता २०७८ असोज २७ गते ८:३२

पाेखरा ।

आज नेपालीहरुकाे महान पर्व विजया दशमीकाे आठाैं दिन । देशका दुर्गामाताका शक्तिपिठमा पूजा आराधाना भैरहेकाे छ । विभिन्न क्षेत्रका भक्तले साेही क्षेत्रकै सफलताकाे अपेक्षा राख्दै दुर्गा माताका पूजा गरेका हाेलान् । नेपाली फुटबलका फ्यानहरुले पनि आज त्यस्तै अपेक्षा र आशिर्वाद मागेका छन्, भगवति दुर्गासँग । त्याे नेपाली फुटबल टिमकाे फाइनल यात्रा ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

यो खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ पौने ५ बजेदेखि सुरु हुनेछ ।

यसअघिका तीन खेलमा २ जितसहित फाइनल प्रवेशको सम्भावना बलियो पारेको नेपालले आजको खेलमा बंगलादेशसँग कम्तिमा १ अंक लिनुपर्छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छैन ।

Advertisement

पाकिस्तान र भुटानको सहभागिता नभएपछि यस संस्करणको साफमा ५ टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतियोगिता खेलाइएको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले सिधै फाइनल खेल्नेछ ।

आज बंगलादेशमाथि नेपालले कम्तिमा बराबरी खेले पनि ऐतिहासिक रुपमा फाइनलमा पुग्नेछ । लिग चरणमा नेपालले पहिलो र दोस्रो खेलमा क्रमसः आयोजक तथा साविक विजेता माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा भारतसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

उपाधीकाे दावेदार मानिएकाे माल्दिभ्सलाई उसकै मैदानमा हराएकाे नेपालकाे जाेश उच्च छ । नेपाली टिमले भारत जस्ताे बलियाे टिमलाई गाेल गर्न हम्मे हम्मे पारेकाे थियाे । त्यसैले पनि नेपालकाे फाइनल प्रवेश सम्भावना बलियाे ।

प्रतिद्वन्दी बंगलादेश पनि ठुलाे दवावमा छ । बंगलादेशकाे पनि फाइनल प्रवेशकाे सम्भावना छ, यसका लागि उसले नेपाललाई पराजित गर्नै पर्छ ।

याे नेपालका लागि प्लस प्वाइन्ट हाे । नेपालले जित्नैका लागि खेल्नेछ तर बराबरी मात्रै भए पनि फाइनल यात्रा तय हुनेछ ।

तपाईको प्रतिक्रिया