अझै वर्षा र हिमपातको सम्भावना

समाधान संवाददाता २०७८ कार्तिक २ गते ११:३१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

Advertisement

यसैगरी राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको हुन सक्नेछ ।

प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया