प्रतिनिधिसभा बैठक सर्‍यो

समाधान संवाददाता २०७८ कार्तिक २ गते १६:०२

काठमाडाैं – प्रतिनिधिसभाको कात्तिक ९ गतेका लागि बोलाइएको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो ।

संघीय संसद्‌का महासचिव भरतराज गौतमले मंगलबार सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने निर्धारण भएको जानकारी गराएका छन् ।

ुएमालेले आफ्नो पालिका अधिवेधशन भएकोले बैठक सार्न आग्रह गरेको र सरकारसँगको समन्वयमा बैठक सारिएको होु, सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया